कोरोना संक्रमित मन्त्री लामा थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंमा
मकवानपुर । बागमती प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मन्त्री लामालाई आज नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो।
मन्त्री लामालाई कोरोना संक्रमण देखिएको थियो । संक्रमणका कारण हेटौँडा–९ का क्वाटरमा आइसोलेसन बसेका मन्त्री लामालाई असहज महसुस भएपछि हेलिकप्टर मार्फत काठमाडौं लगिएको जनाइएको छ। मन्त्री लामालाई मंसिर ५ गते हेटौँडा–१० मा रहेको कोरोना परिक्षण पुष्टि भएको थियो।
उनलाई थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।










