हेटौंडाका विद्यालय भोलीदेखि खुल्ने

हेटौडा न्युज
१० मंसिर २०७७, बुधबार ११:५५
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय भोली मंसिर ११ गतेदेखि खुल्ने भएका छन् । कोरोना भाइरस संक्रमण महामारीका कारण ८ महिनादेखि बन्द अवस्थामा रहेका हेटौंडाका विद्यालयहरु भोलीबाट संचालनमा आउने भएको हो ।

नगर शिक्षा समिति हेटौंडा उपमहानगरपालिकाको बैठकले भोली बिहिबारबाट विद्यालय खोल्ने निर्णय गरेको हो ।

नेपाल सरकारले तयार पारेको विद्यालय संचालन ढाँचा अनुसार विद्यालय खोल्ने निर्णय गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

गत चैत्र ११ गतेदेखि कोरोना महामारीका कारण बन्द गरेका हेटौंडाका सामुदायिक तथा निजी विद्यालयहरु सरकारले तोकेअनुसार स्वास्थ्य सापधानीका मापदण्ड पूर्ण रुपमा पालना गरेर विद्यालय खोल्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले बताए ।

विद्यार्थी संख्याको आधारमा स्वास्थ्य मापदण्ड पालना हुने गरी विद्यालय संचालन गर्नुपर्ने छ । उक्त नियम पालना भएको वा नभएको भन्ने विषयमा नगर शिक्षा समिति र वडा शिक्षा समितिले अनुगमन गरिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*