राप्तीखोलामा मृत भेटिएका पुरुषको तस्विर सार्वजनिक

हेटौडा न्युज
१० मंसिर २०७७, बुधबार १६:२३
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाको राप्तीखोलाबाट मृत अवस्थामा भेटिएको शवको पहिचानकालागि तस्विर सार्वजनिक गरेको छ । मंगलबार हेटौंडा–१९ सान्नानीटार नजिकै राप्तीखोलामा मृत अवस्थामा एक पुरुषको शवको पहिचान हुन नसकेपछि फोटो सार्वजनिक गरेको हो ।

अन्दाजी ४० वर्षको जस्तो देखिने एक पुरुषको शव राप्तीखोलामा फेला परेको थियो । उनको हालसम्म पनि पहिचान खुल्न नसकेपछि फोटो सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रवक्ता रानाका अनुसार, मृतक पुरुषको हुलिया गोरो वर्ण भएको, उचाई ५ फिट २ ईन्च, मंगोलियन जाति जस्तो देखिने, नाक चुच्चो, अनुहार लाम्चो, छोटो कालो, सेतो (फुलेको) कपाल, स्वयंसेवक नेपाल मगर यूवा संघ केन्द्रीय समिति तेस्रो राष्ट्रिय महाधिवेशन भाद्र ३० र ३१ गते हेटौंडा मकवानपुर लेखिएको सेतो रंगको हाफ टिसट लगाएको छ ।

मृतक ती पुरुषको शव हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*