हेटौंडामा ५ करोड २६ लाख लागतमा सभाहल

हेटौडा न्युज
१० मंसिर २०७७, बुधबार १७:०३
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिको स्वामित्वमा रहने गरी सुविधा सम्पन्न सभाहल निर्माण कार्य सुरु गरीएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयको पछाडीको खाली जग्गामा सुबिधा सम्पन्न सभाहल निर्माण गर्न सुरु गरिएको हो ।

कुल ५ करोड २६ लाख ८३ हजार रुपैयाँ लागतमा सभाहल निर्माण गर्न सुरु गरिएको हो ।

बागमती प्रदेश सरकार र उपमहानगरपालिकाले प्रयोग गर्नेगरी सभाहल निर्माण गर्न सुरु गरिएको सभाहलको निर्माण कार्य सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

प्रदेशका सातवटै मन्त्रालय र उपमहानगरपालिका आफैको सभाहल नहुँदा विभीन्न कार्यक्रम गर्नका लागि समस्या हुने गरेको थियो । सभाहल निर्माण भएपछी यस समस्या हट्ने मेयर महतले बताए ।

सभाहलमा चार सय जना अट्ने क्षमता रहेको जाइएको छ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले सभाहलको निर्माण सुरु गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सभाहलको शिलान्यास गरेका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*