क्यान्सरका बिरामीलाई बागमती प्रदेश सरकारको अनुदान

मकवानपुर । प्रदेशका विभिन्न प्रकारका क्यान्सर रोगका बिरामीहरुलाई बागमती प्रदेश सरकारले अनुदान रकम उपलब्ध गराउने भएको छ । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेशभित्र रहेका क्यान्सर रोगका बिरामीहरुलाई थप उपचारको लागि अनुदान रकम उपलब्ध गराउने भएको छ ।
पदेश सरकारले क्यान्सरका बिरामीहरुलाई ५० हजार अनुदान रकम उपलब्ध गराउने निर्णय गरेकोे सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।
बैठकले प्रदेशको स्थायी राजधानी हेटौंडामा स्थापना गरिएको स्व. मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन संचालन कार्यविधिलाई स्वीकृती प्रदान गरेको छ ।
साथै प्रदेशमा यातायात व्यवस्था अन्तर्गत विद्युतीय बस संचालन कार्यविधि २०७७ लाई पनि स्वीकृती प्रदान गरिएको छ ।