निषेधाज्ञा तोड्दै बर्दिवासमा प्रदर्शन, २ प्रहरी घाइते

हेटौडा न्युज
१० मंसिर २०७७, बुधबार १७:३९
;

महोत्तरी । महोत्तरी स्थानियहरु प्रशासनको निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका छन् । बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले गरेको निशेधाज्ञा तोड्दै स्थानीयवासीले प्रहरीलाई ढुंगामुढा गरेका हुन् ।

प्रदर्शनकारीको आक्रमणमा परि २ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको आक्रमणका कारण प्रहरी जवान अर्जुन प्रसाद बानियाँको बियरको बोतलले लागि चिउडोमा काटेको र अर्का एक प्रहरीको घुँडामा चोट लागेको छ ।

उनीहरुको उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका हुन्।

स्थिती असामान्य बनेपछि प्रहरीले निरन्तर अश्रु ग्यास प्रहार गरिरहेको छ भने प्रदर्शनकारीहरु नारा र जुलुस लगाउँदै सडकमा उत्रिएका छन् ।

प्रदर्शनका क्रममा मंगलबार प्रहरीको गोली लागि घाइते भएका सञ्जय न्यौपानेको ज्यान गएपछि स्थिती झन् जटिल बनेको हो ।

मृतक सञ्जयलाई शहिद घोषणा गर्नुपर्ने, पीडित र घाइतेलाई उपचार गर्दै क्षतिपूर्ति तिर्नुपर्ने र बालिकाका हत्यारालाई कडा कारबाही गर्नुपर्ने सर्वपक्षिय मागसहित बर्दिवासमा आन्दोलन चर्किएको हो ।

प्रशासनले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*