बर्दिवास घटनाको संयुक्त राष्ट्रसंघद्वारा भर्त्सना

काठमाडौं । महोत्तरीको बर्दिवासमान भएको घटना प्रति संयुतm राष्ट्र संघले भत्र्सना गरेको छ । बर्दिवासमा ६ वर्षीया बालिकाको बलात्कार भएको घटना प्रति काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय कार्यालय भर्त्सना गरेको हो ।
राष्ट्र संघले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटना प्रति भत्र्सना जनाएको हो । राष्ट्र संघले जारी विज्ञप्ती मार्फत तत्काल सबै कानुनी प्रक्रिया अबलम्बन गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
सो घटना घरेलु हिंसा विरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा भएको भन्दै राष्ट्रसंघले यस्ता घटनालाई रोकथाम गर्नुपर्ने र हिंसाका घटनालाई सम्बोधन गर्न माग गरेको छ ।
उसले कुनै घटना हुने वित्तिकै आवश्यक प्रक्रिया थाल्न र दोषीलाई कारबाहीको प्रत्याभूति गर्न माग गरेको छ ।
राष्ट्रसंघले यस्ता घटनाको रोकथाम गर्न सकिने र बर्दिवासकी बालिकालाई न्याय प्रदान गर्न र सबै महिला र बालिकाहरुलाई संरक्षण गर्न आग्रह गरेको छ ।
राष्ट्रसंघले प्रदर्शनकारी र प्रहरीलाई उनीहरुको आवाज जिम्मेवारीपूर्वक उठाउन र संयमता अपनाउन आग्रह गरेको छ ।