नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु

काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार दिउँसो परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा सुरु भएको हो ।
बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले गरेका छन् भने भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले गरेका छन् ।
परराष्ट्र सचिवस्तरीय बैठकका लागि भारतीय विदेश सचिव बिहीबार नै काठमाडौं आएका हुन् ।
बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सचिव पौड्याल नेतृत्वको मण्डलमा परराष्ट्र मन्त्रालयका सह–सचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाल लगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर) विभागका सह–सचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा लगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी रहेका छन् ।