विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

उदयपुर । बम बिस्फोट गराएको आरोपमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकता पक्राउ परेका छन् । प्रहरीले प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) समुहका २ जना कार्यकर्तालाई उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिसफोट गराएको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका ५ रुपटारका गौरबहादुर देवकोटा र ताप्ली गापा १ ओख्ले घर भएका रितु विकलाई रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानाएको छ ।
उनीहरुलाई बुधबार दिउँसो घरैबाट प्रहरीले पक्राउ गरेको हो ।
ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा अज्ञात समूहले ४ दिन अगाडी शनिवार बम बिस्फोट गराएको थियो । बम बिस्पोट भएसँगै प्रहरीले घटनामा संलग्नहरुको खोजी जारी राखेको थियो।
पक्राउ परेका बिप्लब कार्यकर्तालाई अनुसन्धानको लागि नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
बम बिस्फोटबाट ढोका,टेबल, कुर्सी,प्रिन्टर र भवनमा सामान्य क्षति पुगेको जनाइएको छ । एउटा बम भने १८ घण्टा पछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो।