भिमफेदी–कागटे–इपा पक्की सडकसंगै पुल निर्माण कार्य सुरु

हेटौडा न्युज
११ मंसिर २०७७, बिहीबार १५:४१
;

मकवानपुर । मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकखण्ड निमार्णको कार्य भइरहेको छ । सङ्घीय सरकारको ३४ करोडको लागतमा सो सडकखण्ड निर्माण कार्य भइरहेको हो ।

सो सडकसंगै सडकखण्डमा पर्ने पुलको पनि निर्माण कार्य सुरु भएको छ ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार २६ करोडको लागतमा नालीसहित पक्की सडक र आठ करोडको लागतमा पक्की पुल निमार्ण कार्य भइरहेको छ ।

मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको विशेष पहलमा उक्त सडकखण्ड निर्माणको काम भइरहेको अध्यक्ष लामा बताउछन् ।

सडक निमार्णसँगै भीमफेदी कोगटेमा दुई वटा पुल निमार्णको काम पनि अघि बढाइएको छ । सो सडकखण्ड र पुल निर्माण कार्यको आज प्रतिनिधिसभा सदस्य खतिवडा र भीमफेदी गाउँपालिकाका अध्यक्ष लामालगायत प्राविधिक टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् ।

अनुगमनका क्रममा सडक र पुल निर्माणको काम द्रुतगतिमा अगाडि बढेको देखिएको सांसद खतिवडाले बताए । उनले तोकिएको समयमा नै पुल तथा सडक निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

यसैगरी भीमफेदीको घट्टेखोलामा दुई वटा पक्की पुलको निर्माण शुरु भएको छ । उक्त पुल र सडक निर्माण भएपछि स्थानीयवासीलाई आवातजावत र व्यावसायिक कारोवार गर्न थप सहजहता हुने अपेक्षा गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*