हेटौंडाबाट नगदसहित १४ जना जुवाडे पक्राउ

हेटौडा न्युज
१२ मंसिर २०७७, शुक्रबार १०:४०
;

मकवानपुर । हेटौंडाबाट नगदसहित १४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाको पारिजात पथबाट उनीहरुलाई नगद ३ लाख ३२ हजार ८ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

गएराति हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजातपथमा स्थानीय दिलबहादुर मोक्तानको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनीहरुलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय र जिल्ला प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको ।

प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट १२ बुक तास र ३१ वटा कौडासमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा हेटौंडा–४ का ३५ वर्षीय सुबास बर्तौला, मकवानपुरगढी गाउँपालिका–७ का ४२ वर्षीय प्रतिमान रुम्बा, ३८ वर्षीय सुरजकुमार स्याङ्तान, २९ वर्षीय सरोज घलान, ३४ वर्षीय गौतम ल्हो, काभ्रे जिल्लाका ३२ वर्षीय राजु तामाङ, हेटौंडा–१४ का ४० वर्षीय लालबहादुर सुनार, इन्द्रसरोवर गाउँपालिकाका २५ वर्षीय लालबहादुर बर्लामी, हेटौंडा–२ का ३२ वर्षीय सन्तोष विश्वकर्मा, मनहरी गाउँपालिका–४ का ४६ वर्षीय कुमार लामा, हेटौंडा–१ का ४२ वर्षीय दिपक गिरी, हेटौंडा–२ का ५४ वर्षीय रामेश्वर दास, ४३ वर्षीय श्याम सुन्दर बर्मा, बारा जितपुर सिमरा उपमहानगरपालिका–९ का ५० वर्षीय कृष्ण लामा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*