मकवानपुरको इन्द्रसरोवरमा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा एक पुरुषको शव फेला परेको छ । इन्द्रसरोवर गाउँपालिका–३ पापीखोल्सामा शुक्रबार बिहान शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्युको शव फेला परेको हो ।
मृत अवस्थामा फेला परेको बज्युको शव पोष्टपार्टमको लागि हैटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिकामा यसअघि बिहिबार मात्रै एक महिलाको शव फेला परेको थियो ।
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ कुलेखानी जलासयमा थाहानगरपालिका वडा नम्बर ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको थियो ।










