राक्सिराङबाट २२ केजी चरेश बनाउने धुलो बरामद

हेटौडा न्युज
१३ मंसिर २०७७, शनिबार १५:४२
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिजो मंसिर १२ गते विहान लागूऔषध चरेश बनाउन प्रयोग हुने गाँजाको धुलो बरामद गरेको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर–३ स्थित औलेडाँडाबाट सो परिमाणको धुलो बरामद गरेको हो । प्रहरी चौकी चैनपुरबाट असई बिशाल तामाङको प्रहरी टोली नियमित गस्तीमा रहेको समयमा प्रहरी गस्ती टोलीलाई देखी २ जना व्यक्तीहरुले बोकी ल्याएको झोलाहरु गोरेटो बाटोमा छाडी जंगलतर्फ भागेपछि प्रहरीले शंका लागी झोला चेक गर्दा गाँजाको धुलो फेला पारेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले बरामद गाँजाको धुलो बोकेर ल्याउने २ जना व्यक्तिको खोजी कार्य गरिरहेको मकवानपुर प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*