हेटौंडा अस्पतालमा आइसीयु र एचडीयु सेवा

मकवानपुर। हेटौंडा अस्पतालले आफ्नो सेवा थप गरेको छ । अस्पतालले आजबाट सेवा थप गर्दै सघन उपचार कक्ष (आइसियु) तथा उच्च उपचार कक्ष एचडीयु सञ्चालनमा ल्याइएको हो ।
अस्पतालले आइसीयुका ७ वेड र एचडीयुका १० वेड सञ्चालनमा ल्याइएको छ । अस्पतालमा आजबाटै ४ वटा भेन्टीलेटर पनि सञ्चालनमा ल्याइएको छ ।
यस अघि हेटौंडा असपतालमा आइसीयुको अभाबका कारण बिरामीहरुलाई निजी अस्पताल तथा भरतपुर रिफर गरिदै आएकोमा अब भने सो समस्या हटेको छ ।
आइसीयु सेवाको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ८ वर्ष अघि आइसियु कक्ष सञ्चालन गर्ने सपना पुरा भएको बताए ।
मुख्यमन्त्री पौडेलले आइसियु कक्ष एचडियु कक्ष संचालनमा आएपछि बिरामी रिफर गरिनु पर्ने समसया हटेको बताए ।