श्रीमतीसहित ५ बच्चा माथि चक्कु प्रहार, ४ जनाको मृत्यु

हेटौडा न्युज
१६ मंसिर २०७७, मंगलवार १५:२८
;

काठमाडौं । भारतको बिहारमा श्रीमतीसहित ५ बच्चा माथि चक्कु प्रहार गर्दा ४ बच्चाको मृत्यु भएको छ । भारतको बिहारस्थित सीवान जिल्लाको अलीमर्दनपुर गाउँमा एक पिताले आफ्नी श्रीमतीसहित पाँच बच्चा माथि चक्कू प्रहार गर्दा ४ जना बच्चाको ज्यान गएको हो ।

चक्कु प्रहारबाट श्रीमती र एक बच्चा गम्भीर घाइते भएका छन् ।

चार बच्चाको मृत्यु घटनास्थलमै भएको र घाइते श्रीमती र माइली छोरीको भने उपचार भईरहेको बताइएको छ ।

मृत्यु हुनेमा आरापी अवधेश चौधरीकी छोरी ज्योती कुमारी, छोरा अभिषेक, मुकेश र भोला रहेका छन् ।

दोश्रो छोरी अञ्जली र श्रीमती रीता देवी गम्भीर घाइते भएका छन् । उनीहरु दुबैलाई पटना रिफर गरिएको छ ।

आरोपीले घटना ढाकछोप गर्न बिष खाएर आत्महत्या गर्न खोज्दा प्रहरीले पक्राउ गरेको छ ।

आरोपी अवधेशले प्रहरीसँगको सोधपुछमा पहिला घटनालाई अन्जाम दिन खोजेपनि पछि मन लाग्यो काटिदिएँ भनेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आरोपी अवधेशले पुलिसलाई स्वयं फोन गरेर यसको सूचना दिएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*