बालिका करणी गरेको अभियोगमा मकवानपुरका गिरी पक्राउ

हेटौडा न्युज
१९ मंसिर २०७७, शुक्रबार १२:१८
;

मकवानपुर । बालिका करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्वर–९ ज्यामिरेमा २ बर्षकी बालिका करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय २० बर्षका हरिशरण गिरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिएका छन् ।

गिरीले गत मंसिर १५ गते बालिकालाई घरमा गएर चक्लेट दिने बहानामा करणी गरेका थिए । करणी गर्दै गर्दा बालिकाको आमाले देखेको भन्दै इलाका प्रहरी कार्यालय मनहरीमा बालिकाको आमाले जाहेरी दर्ता गराए पछि गिरीलाई पक्राउ गरिएको प्रवक्ता रानाले बताए ।

पक्राउ परेका गिरीलाई म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रानाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*