सौर्य सिमेन्टको खानीमा बम विस्फोट, ५ जना घाइते

हेटौडा न्युज
१९ मंसिर २०७७, शुक्रबार १३:१०
;

उदयपुर । उदयपुरको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा अज्ञात समुहले बम विस्फोट गराएको छ । विहिबार राति उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेनट उद्योगको चुनढुंगा खानीमा अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको हो ।

अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ५ वटा शक्तिशाली बम विस्फोट गराएको ईलाका प्रहरी कार्यलय कटारीले जानाएको छ ।

राति सवा बाह्र बजेतिर ५ जनाको समुहमा आएका नकापधारी समुहले उद्योगको चुनढुंगा खानीको बि ब्लकमा रहेको ९ जना मजदुरहरुलाई नियन्त्रणमा लिई बम बिष्फोटन गराएको प्रहरीले जनाएको छ ।

बम बिष्फोटनपछि आतिएर भाग दौड गर्दा खानीमा कार्यरत ५ जना मजदुर सामान्य घाईते भएका छन् ।

घाइते हुनेहरुमा कटारी नगरपालिका–७ का २३ वर्षीय नवीन मगर, कटारी नगरपालिका– ८ का २४ वर्षीय बिष्णुबहादुर मगर, उदयपुरगढी गाउँपालिका– २ का २५ वर्षीय दुर्गाबहादुर तामाङ, मकवानपुर भिमफेदी गाउँपालिका– ९ का ३० वर्षीय सागर मोत्तान र शिवशंकर मोक्तान रहेको ईलाका प्रहरी कार्यालय कटारीले जानाएको छ ।

उनीहरु सबैको जिल्ला अस्पताल कटारीमा उपचार भई रहेको छ ।

अज्ञात समुहले एक मोटरसाईकल र एक स्काईभेटरमा पेट्रोल खन्याई आगजनी समेत गरेका छन् । आगजनीबाट मोटरसाईकल र स्काईभेटरको पूर्ण रुपमा क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । बम बिष्फोटनबाट ५ वटा स्काईभेटरमा क्षति पुगेको जनाएका छन् ।

घटनास्थलमा अनुसन्धान गर्ने क्रममा बम बनाउन प्रयोग गरिएका टेप, प्लाष्टिकहरु फेला पारेका थिए ।

बम बिस्फोट र आगो लागिबाट अन्दाजी ३५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । घट्ना कुन समुहले घटाएको भन्ने खुल्न नसकेको, खोज तलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । घटनास्थलमा अझै २ वटा बम रहेको हुन सक्ने घाईते मजदुरले बताएका छन ।

बम विस्फोटको घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । गत मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनमा पनि अज्ञात समूहले एउटा बम विस्फोट गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*