डोटीमा जिप दुर्घटना ३ जनाको मृत्यु, ५ जना घाइते

हेटौडा न्युज
२१ मंसिर २०७७, आईतवार ०८:३८
;

डोटी । डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा आइतबार बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने ५ जना घाइते भएका छन् ।

दिपायलबाट खत्याडीका लागि जाँदै गरेको जिप भिरबाट खसेको प्रहरीले जनाएको छ ।

अप्ठेरो स्थान भएकाले गाडीमा कति जना सवार थिए भन्ने नखुलेको र दुर्घटनास्थलमा खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म तीन जनाको शव फेला परेको छ । पाँच घाइतेलाई उद्धार गरी उपचारका लागि दिपायल पठाइएको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*