महामारीमा रिपोर्टिङ र प्रकाशन सम्बन्धी तालिम सम्पन्न

हेटौडा न्युज
२२ मंसिर २०७७, सोमबार १४:५२
;

मकवानपुर । महामारीमा न्यूज रिर्पोटिङ र प्रकाशन सम्बन्धी २ दिने तालिम हेटौंडामा सम्पन्न भएको छ । आउटलाइन मिडिया प्रा.लि.को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा हिजोबाट शुरु भएको तालिमको आज समापन गरिएको हो ।

मकवानपुर, बारा र पर्साका पत्रकारहरुको उपस्थितिमा २ दिने तालिम सम्पन्न भएको हो ।

तालिममा कोरोना महामारीले पत्रकार र पत्रकारीतामा परेको असरबारे अन्तरर्कयासमेत गरिएको थियो । तालिममा प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजन दाहालले महामारीमा पत्रकारले खेल्नुपर्ने भुमिका र अपनाउनु पर्ने सावधानी बारे जानकारी गराएका थिए ।

आउटलाइन मिडियाका सदस्य तथा पत्रकार सरोज दाहालले तालिमको सहजिकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*