बलात्कार आरोपी सिद्धबाबालाई सफाइ

हेटौडा न्युज
२२ मंसिर २०७७, सोमबार १७:३३
;

काठमाडौँ । बलात्कार आरोपमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार आरोपमा थुनामा रहेका सिद्धबाबा अदालतले सफाइ दिएको छ। एक जना अनुयायीमाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले सफाई दिएको हो ।

सुनसरीको चतरामा आश्रम बनाएर बस्दै आएका सिद्धबाबालाई एक जना अनुयायी महिलाले बलात्कार आरोप लगाएपछि पक्राउ गरीएको थिए।

जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको हो।

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गिरीका वकिलहरुको एकतर्फी बहस सुनेपछि न्यायाधीश कोइरालाले सफाइ दिएका हुन्। आजको बसहमा सरकारी वकिलहरु अदालतमा उपस्थित भएनन्।

जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले अभियोग दाबी नपुगेको ठहरसहित सफाइ दिइएको जानकारी दिएका छन्।

यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।

तिनै तहका अदालतले कारागार चलानको आदेश दिएपछि गिरीले त्यसविरूद्ध फैसला माग्दै जिल्ला अदालत सुनसरीमा निवेदन दिएका थिए ।

यस मुद्दामा सोमबार तोकिएको पेशी सार्न सरकारी वकिलको कार्यालयले अदालतमा निवेदन दर्ता गराएको थियो। सरकारी वकिलको निवेदन नै दर्ता नगरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*