धरान–चतरा सडकखण्डको काम अन्तिम चरणमा

हेटौडा न्युज
२३ मंसिर २०७७, मंगलवार ०८:४४
;

मकवानपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौँडा खण्डको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा अगाडि बढाइएको सो सडक खण्डको काम अन्तिम चरणमा पुगेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको हो ।

झापाको बाहुनडाँगीको मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेलधुराको रूपाल पुग्ने झण्डै एक हजार दुई सय ५० किलोमिटरको लोकमार्गको दुई सय ५० किलोमिटर लामो यो खण्डमा ९५ प्रतिशत र पुल निर्माण ८५ प्रतिशत सकिएको हो ।

चालु आर्थिक वर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको निर्देशनालयले जनाएको छ । पहिलो चौमासिकमा यो आयोजनामा तुलनात्मक रुपमा बढी काम भएको सडक विभागले जनाएको छ ।

धरान–चतरा–हेटौँडा खण्डको दुई सय ५० किलोमिटर सडकमध्ये अहिले २५ किलोमिटर सडकमा कालोपत्रको काम भइरहेको निर्देशनालयले जनाएको छ ।

यो खण्डमा ७६ पुल निर्माण गर्नुपर्नेमा दुई पुल मात्रै निर्माण सम्पन्न हुन बाँकी छ । भर्खर ठेक्का सम्झौता भएका बाहेक अरू पुल निर्माण पूरा हुन लागेको जनाइएको छ ।

यही खण्डमा १८ पुल निर्माणका लागि गएको असारमा ठेक्का सम्झौता भइसकेको छ । यी पुल सकिन भने अझै साढे तीन वर्ष लाग्ने निर्देशनालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*