एक शिक्षकको गोली हानी हत्या

हेटौडा न्युज
२३ मंसिर २०७७, मंगलवार १५:०४
;

विराटनगर । मोरङमा एक ५४ वर्षिय शिक्षकको गाली हानी हत्या भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरीएको हो ।

श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको छ ।

हत्या गर्नेको पहिचान नखुले पनि प्रहरीले जनाएको छ । हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ ।

शिक्षक श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरीले जानएको छ ।

बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएको एक समूहले शिक्षकलाई घरबाट लगेको र घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेको प्रहरीको भनाइ छ ।

घटनाको जानकारी पाउन साथ प्रहरी घटनास्थलतर्फ गएको र घटना स्थल पुग्न तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । बिहान शिक्षक अपहरणमा परेको जानकारी प्रहरीलाई आएको केही समयमानै हत्या भएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*