काठमाडौँ मेडिकल कलेजमा तोडफोड

हेटौडा न्युज
२३ मंसिर २०७७, मंगलवार १६:४७
;

काठमाडौँ । काठमाडौं मेडिकल कलेजमा तोडफोड भएको छ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा मंगलबार तोडफोड भएको हो ।

बिरामीको मृत्युको विषयलाई लिएर बिरामीका आफन्तहरुले अस्पताल तोडफोड गरेका हुन्।

नागार्जुन ५ कफ ५८ वर्षीया लक्ष्मी कुवँरको शरीरका अंगहरु नचलेर तथा हृदयाघातबाट मंगलबार बिहान १ बजे निधन भएको अस्पताल पक्षले जानकारी दिए पनि बिरामीका आफन्तले स्वीकार नगरी अस्पतालमा ढुंगा हानेका थिए। आक्रोशित आफन्तले अस्पतालका १० वटा झ्याल फुटाएका थिए।

गौशाला प्रहरीले तोडफोडमा संलग्न ९ जनालाई पक्राउ गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*