ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु

हेटौडा न्युज
२४ मंसिर २०७७, बुधबार ११:०५
;

चितवन । चितवनमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इन्धन बोकेको ट्यांकरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बुधबार बिहान साढे ६ बजे खैरहनी नगरपालिका–९ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउंँदै गरेको लु १ ख ६५८१ ट्यांकरले विपरीत दिशाबाट आइरहेको ना ४१ प ९८६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ का बर्ष २२ का अब्जल देवानको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते देवानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*