लोकसेवाले माग्यो ५ सय १३ शाखा अधिकृत
काठमाडौं । लोकसेवा आयोगले विभिन्न समूहका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले विभिन्न समूहका राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।
आयोगले एक सूचना जारी गर्दै शाखा अधिकृत वा सो सरहका ५ सय १३ पदमा विज्ञापन खुल्ला गरेको हो ।
आयोगका अनुसार त्यसमध्ये १ सय ५३ जना जेष्ठताका आधारमा बढुवा सिफारिस गरिनेछ । साथै बाँकी पदहरुमा भने खुला तथा समावेशीताको आधारमा पदपूर्ती गरिनेछ ।
त्यस्तै खुलातर्फ विभिन्न समूहमा १ सय ९९ जना, महिलातर्फ ५३ जना, आदिवासी जनजातीतर्फ ५३ जनाको दरबन्दी रहेको छ ।
हेनुहोस् विज्ञापन ।
officer_vacency_2077-08-24_open









