सङ्घीय सरकारको अव्यवहारिक मापदण्डले उत्खननमा समस्या

हेटौडा न्युज
२६ मंसिर २०७७, शुक्रबार ०८:०३
;

मकवानपुर । सङ्घीय सरकारले ढुङ्गागिट्टी बालुवाको उत्खनन् सम्बन्धि अव्यवहारिक मापदण्ड बनाएका कारण उत्खनन् गर्न समस्या भएको बताइएको छ । जिल्ला समन्वय समिति महासंघले सो विरुद्ध आपत्ति जनाउँदै ढुङ्गागिट्टी बालुवाको उत्खनन् सम्बन्धि अव्यवहारिक मापदण्ड बनाएका कारण उत्खनन् गर्न समस्या भएको बताइएको हो ।

महासंघको बागमती प्रदेश समितिको आयोजनामा बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उत्खनन् कार्य प्रभावित हुँदा विकास निर्माणमा प्रभाव पर्नुका साथै स्थानीय सरकारको आम्दानीमा समेत ठूलो असर परेको बताइएको छ ।

ढुंगा, गीट्टी, बालुवाको उत्खनन्का लागि सरकारले जारी गरेको मापदण्ड र गृहमन्त्रालयद्धारा जारी परिपत्रका कारण समस्या भएको भन्दै जिसस महासंघले सरकारले यसबारे ठोस निर्णय लिनुपर्ने जनाएको छ ।

समस्या समाधान गर्न संघीय सरकारलाई बारम्बार आग्रह गरे पनि सुनुवाई नभएको जिसस महासंघ बागमती प्रदेश अध्यक्ष खुलालले बताए । नयाँ मापदण्डका कारण वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत नभएकाले स्थानीय तहको नदीजन्य पदार्थको ठेक्कासमेत प्रभावित बनेको भन्दै महासंघले ध्यानाकर्षण गराएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*