पत्रकार पेन्सन कार्यविधि संशोधनपछी पारित हुने

हेटौडा न्युज
२६ मंसिर २०७७, शुक्रबार १६:१६
;

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औं वार्षिक साधारण सभाले जेष्ठ पत्रकार पेन्सन सम्बन्धि कार्यविधि–२०७७ संशोधन गर्ने गरी पारित गरेको छ । आज भएको महासंघ मकवानपुर शाखाको वार्षिक सधारण सभाले महासंघले प्रदान गर्ने जेष्ठ पत्रकार पेन्सनलाई कार्यन्वयन तथा नियमन गर्न बनेको कार्यविधिलाई संशोधन गर्ने गरी पारित गरेको हो ।

सभाले कार्यविधिको संशोधनका लागि ५ सदस्य समिति सेत गरेको छ । समितिले सभामा छलफलका क्रममा उठेका सुझावका आधारमा कार्यविधिमा उल्लेख भएका केहि बुँदाहरुलाई संशोधन गर्नेछ ।

महासंघका उपाध्यक्ष कुमार अधिकारी पोष्टराजले प्रस्तुत गरेको सो कार्यविधि माथि महासंघका केहि सदस्यहरुले संशोधन गर्नुपर्ने बुँदाका बारेमा सुझाव दिएका थिए । सो सुझावलाई समेटेर समितिले सो कार्यविधि संशोधन गर्नेछ । संशोधन पश्चात पत्रकार महासंघको कार्यसमितिको पहिलो बैठकले अनुमोदन गरी कार्यन्वयन गर्नेछ ।

कार्यविधिमा उल्यख भए अनुसार सो पेन्सन प्राप्त गर्न २० वर्ष पत्रकारीता क्षेत्रमा काम गरेको हुनु पर्नेछ भने ६० वर्ष पुगेका जेष्ठ पत्रकार हुनुपर्ने छ ।

जेष्ठ पत्रकार पेनसन कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैया सहयोग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*