लायन्सको कार्यक्रममा ४१ जनाद्वारा रक्तदान

मकवानपुर। लायन्सको कार्यक्रममा ४१ जनाद्वारा रक्तदान
मकवानपुर। लायन्स क्लब अफ हेटौंडा सूर्योदयको आयोजनामा हेटौंडा भएको रक्तदान कार्यक्रमसम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ हेटौंडा सूर्योदयको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो ।
बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल, लायन्स क्लबका डिस्ट्रीक गभर्नर शम्भु नकर्मी लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी, हेटौंडा उपशाखाका सभापति शिवहरि दहालको अध्यक्षतामा भएको थियो ।
भापति शिवहरि दहालको अध्यक्षतामा भएको थियो ।