कम्युटर प्रणालीमार्फत बसको टिकट

हेटौडा न्युज
२८ मंसिर २०७७, आईतवार १५:१५
;

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा कम्प्युटर प्रणालीबाट टिकट काट्ने व्यवसथाको सुरुवात गरिएको छ । प्रविधिको प्रयोगसँगै नयाँ बसपार्कबाट देशभरका गन्तव्यस्थलमा कुन समयमा कुन बस छुट्ने भन्नेबारे यात्रुले सहजै जानकारी लिन तथा टिकट काट्न सकिने भएको छ ।

पछिल्लो समय बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रा.लि.ले विभिन्न यातायात प्रा.लि.सँग मिलेर प्रविधिको प्रयोग भित्र्याएसँगै यात्रुलाई टिकट लिन सहज हुने भएको हो ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण झण्डै छ महिना बन्द रहेको समयको उपयोग गरी ल्होत्से बहुउदेश्यीय प्रा.लि.ले सरकारको निर्देशनअनुसार प्रविधिलाई नयाँ बसपार्कमा भित्र्याएको हो ।

नयाँ बसपार्कभित्रको टिकट काउण्टरमा हुने भीडभाडलाई कम गरी कोरोना सङ्क्रमण फैलन नदिन प्रविधिको प्रयोगमार्फत टिकट काट्ने व्यवस्था मिलाइएको त्से बहुउदेश्यीय प्रा.लि.ले जनाएको छ ।

नयाँ बसपार्कमा अहिलेसम्म ३० काउण्टरमा कम्युटर प्रणाली जडान गरे पनि १२ काउण्टरबाट मात्र यात्रुलाई सेवा प्रदान गरिएको बताइएको छ । अन्य काउण्टर पनि चाँडै नै सञ्चालन गर्ने तयारी गरिएको छ ।

ल्होत्से बहुउदेश्यीय प्रालिले हाल पूर्वी नेपालका ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम, उदयपुर, सिरहा, सप्तरी साथै पश्चिमका धनगढी, महेन्द्रनगर, बर्दिया, बाँके, दैलेख, रुकुम, रोल्पा, भालुवाङ, वुर्तिवाङ, टिकापुरलगायत गन्तव्यस्थलमा प्रविधिको प्रयोग गरी कम्युटरमार्फत टिकट काट्दै आएको छ ।

चालकको लापरवाही तथा बाटोको दुरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*