सहज एम्बुलेन्स सेवाका लागि समिति गठन

हेटौडा न्युज
२८ मंसिर २०७७, आईतवार १८:२२
;

मकवानपुर । एकद्वार प्रणालीबाट छिटो, छरितो एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यका साथ बागमती प्रदेशमा एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल व्यवस्थापन निर्देशक समिति गठन भएको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीको संयोजकत्वमा ४ सदस्यीय एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल व्यवस्थापन निर्देशक समिति गठन गरिएको हो ।

समितिमा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख सदस्यसचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि सदस्य र नेपाल रेडक्रस सोसाइटी प्रदेश समितिका अध्यक्ष सदस्य रहने व्यवस्था रहेको छ ।

नव गठित समिती प्रथम बैठकको तयारीमा रहेको जनाइएको छ । गठित समितिले प्रदेशमा छरिएर रहेका एम्बुलेन्सहरुलाई एकद्वार प्रणालीबाट छिटो, छरितो सेवा उपलब्ध गराउने उद्देश्याका साथ समिती गठन गरीएको हो । यस्तै समितिले प्रदेशमा एम्बुलेन्स खरिद तथा सञ्चालन गर्न अनुमति दिने काम गर्ने गर्ने छ ।

समितिले प्रदेशमा कार्यविधि नै बनाएर एम्बुलेन्सहरुको वर्गीकरणसमेत गर्ने जनाइएको छ । वर्गीकरणका आधारमा एम्बुलेन्स खरिद तथा सञ्चालन र भन्सार छुटका लागि सिफारिस गर्ने छ ।

समितिले प्रदेशमा भएका एम्बुलेन्सहरुको लगत संकलन गर्ने, अनुमति लिएका एम्बुलेन्सहरु सञ्चालनमा भए÷नभएको अनुगमन गर्ने काम गर्ने छ ।

यसअघि प्रत्येक जिल्ला–जिल्लामा प्रमुख जिल्ला अधिकारीले एम्बुलेन्स आवश्यक भएको सिफारिस तथा भन्सार छुटका लागि सिफारिस गर्दै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*