हेटौंडामा एक करोड लागतमा गुम्बा
मकवानपुर । हेटौंडामा १ करोड लागतमा गुम्बा निर्माणको शिलान्यास गरिएको छ । भुकम्प पुनः निर्माण प्रधिकरणको एक करोड रुपैयाँ लागतमा गुम्बा निर्माण गरिने भएको हो ।
हेटौंडा १६ मा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मेयर हरी बहादुर महतले उर्गेनछेरीङ गुम्बा निर्माण कार्यको शिलान्यास गरिएका हुन् ।
भुकम्पका कारण जिर्ण भएको सो गुम्बा निर्माणका लागि उपलब्ध भएको एक करोडबाट काम सुरु गरिएको मेयर महतले बताए ।
भुकम्पका कारण जिर्ण बनेको गुम्बा पुनः निर्माणका लागि प्राधिकरणले समयमा रकम उपलब्ध गराउन आनकानी गर्दा निर्माण कार्य प्रभावित भएको थियो ।










