हत्या आरोपी १४ वर्षीय बालकलाई सुधार गृहमा राख्न आदेश

मकवानपुर । जिल्ला अदालत मकवानपुरले बालिका बलात्कारपछि हत्याका आरोपित १४ बर्षीय बालकलाई सुधार गृहमा राख्ने आदेश भएको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलासले हत्या आरोपित ती बालकलाई सुधार गृहमा राख्ने आदेश दिएको हो ।
ती बालकलाई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङको बाल सुधारगृहमा राखीने छ ।
गत मंसिर ३ गते बेलुकी मकवानपुरको बागमती गाउँपालिका–७ लामीटारका शेर बहादुर पाख्रिनकी ४ बर्षीया छोरी रुबिना पाख्रिनको बलात्कारपछि हत्या भएको थियो ।
बालिकाको शव बलात्कारपछि ढुंगाले हानेर हत्या गरेको अवस्थामा भेटिएको थियो ।
आरोपित बालकलाई मंसिर ४ गते प्रहरीले पक्राउ गरेको थियो।