भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गरिने

हेटौडा न्युज
३० मंसिर २०७७, मंगलवार १५:५६
;

काठमाडौं । उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई सरकारले पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री चार मन्त्रीको बैठकले उक्त निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसालसहितको बैठकले उखु किसानको रकम भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

बैठक गृहमन्त्री थापाको अध्यक्षतामा बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*