प्रथम चरणमा मकवानपुरसहित प्रदेशको ३ जिल्लामा विद्युतीय बस संचालन गरिने

हेटौडा न्युज
१ पुष २०७७, बुधबार १५:५६
;

मकवानपुर । बागमती प्रदेश सरकारले प्रथम चरणमा प्रदेशका ३ जिल्लामा विद्युतीय बस संचालनको तयारी थालेको छ । बागमती प्रदेशाको भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुरसहित प्देशका ३ जिल्लामा विद्युतीय बस संचालनका ल्याउने तयारीका साथ गृहकार्य सुरु गरेको हो ।

मन्त्रालयले चालु आर्थिक वर्ष ०७७÷०७८ भित्रै प्रथम चरणमा मकवानपुर, दोलखा र रसुवा जिल्लामा बस संचालनको तयारी गरेको छ ।

तीन जिल्लामा विद्युतीय बस संचालन गर्न सर्वेका लागि प्राविधिक टोली खटाइसकिएको र प्राविधिकको सुझाव अनुसार छिट्टै बजेट विनियोजन गरिने बताइएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालका अनुसार संघीय राजधानी काठमाडौं उपत्यकासहित चितवन, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, हेटौंडालगायत सहरहरुमा विद्युतीय बस संचालनको लागि ७ वटा रुटमार्ग तयार गरिएको छ ।

प्रदेश सरकारले प्रदेशको विभिन्न सहरहरुमा करिब ३८ वटा विद्युतीय बस संचालन गर्ने लक्ष्य लिएको र अहिले निजी क्षेत्रको यातायात व्यवसायीहरुलाई खरिद गरी ल्याउन आवश्यक परामर्शसहित सहयोग उपलब्ध गराइएको उनले बताए ।

मन्त्री फुँयालले केही महिनाभित्रै प्रदेश यातायात व्यवस्था कार्यालयको आफ्नो क्षेत्र अन्तरगत भित्रैबाट सवारीको प्रदुषण जाँच गर्ने र सवारीको राजश्व तिर्ने निवेदन लिने प्रणालीलाई पनि विद्युतीय प्रणाली अन्तरगत संचालन गर्नेतर्फ सरकारले गृहकार्य भइरहेको पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*