बकैयामा ७ बिगाहामा लगाइएको गाँजा नष्ट
मकवानपुर । प्रहरीले मकवानपुरको बकैयामा लगाइएको लागूऔषध गाँजा खेती फडानी गरी नष्ट गरेको छ । प्रहरीले बकैया गाउँपालिका–६ गोवरस्थान लगायतको क्षेत्रमा लगाइएको लागू औषध गाँजा खेती फडानी गरी नष्ट हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारबाट खटिएको प्रहरी टोलीले सो क्षेत्रमा ७ बिगाहा क्षेत्रफलमा लगाइएको लागूऔषध गाँजा फडानी गरेको हो
प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा खटिएको २० जना प्रहरी टोलीले गाँजा खेति फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जनाएका छन् ।










