हेटौंडा बजारमा पैदलयात्रुका लागि सिमेन्टका कुर्सी
मकवानपुर । हेटौंडा बजारको विभिन्न स्थानमा पैदल यात्रुहरुका लागि सिमेन्टका कुर्सी व्यवसथापन गरिएको छ । हेटौंडा बजार क्षेत्रमा पैदलयात्रुको सहजताका लागि बजारका विभिन्न स्थानमा सिमेन्टका कुर्सी व्यवस्थापन गरिएको हो ।
हेटौंडाको विभिनन ठाउामा गरी २५ वटा कुर्सी राखिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।
हेटौंडाको बुद्धचोकमा चार, सिमाचोकमा तीन, अजम्बरोडमा दुई, वासुकला चोकमा तीन, मानसचोकमा दुई, नगरपालिका रोडमा चार र मनकामना जाने बाटोमा छ वटा कुर्सी राखिएको छ ।
हेटौँडा उपमहानगरपालिकाको आर्थिक लगानीमा सो कुर्सीको व्यवस्थापन गरेको जनाइएको छ ।










