बालिका बलात्कार गर्ने एक युवकसहित ४ जना पक्राउ

हेटौडा न्युज
२ पुष २०७७, बिहीबार १२:५६
;

भक्तपुर । रिसोर्टमा काम गर्ने बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकसहित ४ जनालाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ वागेश्वरीको हेल्मेट डाँडास्थित एक रिसोर्टमा काम गर्ने बालिकामाथि बलात्कार गर्ने एक युवकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रिसोर्टमा काम गर्ने १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने बझाङको थलारा गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्यायलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।

प्रहरीका अनुसार जबरजस्ती करणी गर्न सघाएको आरोपमा तनहुँ म्याग्दे गाउँपालिका–७ रानीश्वारा घर भई हाल बाटोमाथिको रिसोर्टमा वेटरको काम गर्ने २० वर्षीय प्रदीप कुँवरलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

त्यस्तै बालिकामाथि जबरजस्ती करणी गर्ने उपाध्याय र सघाउने कुँवरलाई पक्राउ गर्न बाधा पुर्‍याएको भन्दै प्रहरीले सोही रिसोर्टमा काम गर्ने थप दुई मजदुरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीलाई अवरोध तथा दुव्र्यवहार गर्ने काभ्रेको भुम्लु गाउँपालिका–२ डटुवा घर भएका २१ वर्षीय प्रदीप केसी र गोरखाको गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २२ वर्षीय अश्विन कुँवरलाई नियन्त्रणमा लिइएको प्हरीले जनाएको छ ।

प्रहरीले उक्त रिसोर्टमा उमेर नपुगेका बालिकाहरुलाई ललाईफकाई ल्याएर काम गराउने गरेको विशेष सूचनाको आधारमा मंसिर ३० गते छापा मारेको थियो ।

रिसोर्टमा काममा आएपछि उमेर नपुगेका बालिकाहरुलाई जबरजस्ती डरत्रास देखाएर रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्य गर्न बाध्य पार्ने गरेको प्रहरीले जनाएको छ ।

विषेश सूचनाको आधारमा प्रहरीले रिसोर्टमा छापा मार्दा उमेर नपुगेकी बालिका र निश्चल कोठामा आपत्तिजनक अवस्थामा फेला परेको थियो ।

रिसोर्टमा यौनजन्य क्रियाकलाप हुँदै गरेकाले छापा मार्न गएको प्रहरी टोलीले दुई मजदुरले अवरोध पुर्‍याएको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*