चिनी उद्योगीलाई पक्राउ नगर्न उद्योग मन्त्रीलाई नेताहरुको फोन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु उद्योगीलाई पक्राउ नगर्न नेताहरुको फोन आएको बताएका छन् । उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको मन्त्री भट्टले बताएका हुन् ।
प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री भट्टले भने किसानको नाममा ट्विटरमा ठूलो वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगी नपक्र भन्ने यो कस्तो चरित्र ?
कुन उद्योगीलाई पक्राउ नगर्नू भन्दै कुन नेताले फोन गरे भन्ने चाहिँ उनले खुलाएनन् ।











