राक्सिराङमा १५ बिघा गाँजा खेती फडानी

मकवानपुर । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा फडानी गरे नष्ट गरेको छ । राक्सिराङ गाउँपालिकाको लावती, लगायत स्थानहरुमा लगाइएको लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो क्षेत्रमा अबैध रुपमा लगाइएको १५ बिघा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाका अनुसार प्रहरी निरीक्षक अविनाश अधिकारी र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठको कमाण्डमा संयुक्त रुपमा खटिएको ६० जना प्रहरी टोलीले गाँजा फडानी गरी नष्ट गरेको हो ।