सुरुङमार्ग खन्ने कार्य सुरु

हेटौडा न्युज
७ पुष २०७७, मंगलवार १३:४४
;

काठमाडौं । नागढुंगा सुरुङमार्ग खन्ने कार्य सुरु भएको छ । शिलान्यास भएको १४ महिनापछि सिस्नेखोला–दहचोक र(नागढुंगा) सुरुङमार्ग खन्ने काम सुरु भएको हो ।

आज (मंगलबार) बिहानबाट मेसिनको प्रयोग गरेर सुरुङमार्ग खन्न सुरु गरिएको सडक विभागले जनाएको छ ।

सुरुङमार्गको २०७६ कात्तिक ४ दहचोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

२.६६८ किलोमिटर लामो यो सुरुङमार्ग ४२ महिनामा निर्माण गरिसक्ने योजना छ । तर, ४२ मध्ये १४ महिना बितिसक्दा पनि सुरुङ खन्न सुरु भएको छैन ।

सुरुङ खन्ने काम वैशाख २०७७ बाट सुरु गर्ने योजना थियो । तर विभिन्न कारण देखाउदै काम अझ सम्म पनि सुरु हुन सकेको थिएन ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारको ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गरिँदैछ ।

सुरुङमार्ग निर्माण भएपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*