हेटौंडा जेसिजको अध्यक्षमा दाहालको उम्मेदवारी

मकवानपुर । हेटौंडा जेसिजको वर्ष सन् २०२१ का लागि अध्यक्ष पदमा सुधिर दाहालले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै दाहालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
सन् २०११ बाट जेसिज यात्रा सुरु गरेका दाहाल सन् २०१३ मा उपाध्यक्ष, २०१४ मा सचिव, २०१५ मा कोषाध्यक्ष र २०१८ मा कार्यकारिणी उपाध्यक्ष भई काम गरिसकेका छन् ।
जेसिजका विभिन्न कार्यक्रमको संयोजकको भूमिका समेत सफलतापुर्वक निर्वाह गरेका दाहालले आगामी वर्ष सिङ्गो हेटौंडा जेसिजको नेतृत्व गर्ने जमर्को गरेका छन् ।
दाहालसगैं कार्यकारिणी उपाध्यक्षमा छतेन्द्र आचार्य र पुष्पराज पुडासैनी, उपाध्यक्षमा अमित आचार्य र सुनिल सुवेदीको उम्मेदवारी रहेको छ ।
दाहालले पत्रकार सम्मेलनमा आफ्नो उम्मेद्वारी घोषणा गर्दै १ सय ४१ जना जेसिज सदस्य रहेको संस्थालाई पार्टी संगठनको दवाबबाट बाहिर ल्याई सामाजिक संस्थाको रुपमा खडा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेसिजको सचिवालय व्यवस्थित गर्ने र चाकडी प्रथा अन्त्य गरी स्वस्थ जेसिज बनाउने योजना समेत प्रस्तुत गरे ।
दाहालले गत वर्ष पनि अध्यक्षको उम्मेदवारी दिएका थिए । जेसिजको चुनावी कार्यक्रम यहि १० र ११ गते हुदैंछ ।