दुर्घटनामा हेटौंडाका एकसहित तीन जनाको मृत्यु

हेटौडा न्युज
८ पुष २०७७, बुधबार १७:१९
;

हेटौंडा । ट्रक दुर्घटना हुँदा हेटौंडाका एकसहित तीन जनाको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–३ भोक्रोफाँटमा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

आज बिहान बुलिङटारबाट गैडाकोट तर्फ आउँदै गरेको ना ३ ख ५३३९ नम्बरको ट्रक सडकबाट १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ट्रक चालक मकवानपुरको हेटौंंडा बस्ने ४५ वर्षीय सुरेश भुजेल रहेका छन् । अन्य दुइ जनाको भने पहिचान खुल्न सकेको छैन । तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*