बकैयामा भोली सार्वजनिक विदा

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले पुस १० गते सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै पुस १० गते अर्थात भोली शुक्रबार गाउँपालिकाले सार्वजनिक विदा दिने भएको हो ।
इसाई धर्मावलम्बीहरुको महान चाड क्रिसमसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने भएको हो ।
गाउँपालिकाको पुस ५ गते बसेको बैठकले क्रिसमसका अवसरमा गाउँपालिका भर सार्वजनिक विदा दिने निर्णय गरेको जनाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जारी गरेको सुचनामा पुष १० गते क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख छ ।