वडाध्यक्षको हत्यामा संलग्न चार जनालाई जन्मकैद
डोटी । वडा अध्यक्षको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला गरिएको हो ।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न उनीहरुको फैसला सुनाएको जनाइएको छ ।
वडाध्यक्ष धामी विसं २०७७ माघ महिनाको २० गते राति भैँसी गोठमा मृत फेला परेका थिए । मृतक धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित थिए ।










