मकवानपुरमा साँढे ३ हजारबढीले जिते कोरोना

हेटौडा न्युज
९ पुष २०७७, बिहीबार १३:०३
;

मकवानपुर । मकवानपुरमा कोरोना जित्नेको संख्या साँढे ३ हजार नाघेको छ । हालसम्म कोरोना निको हुनेको संख्या ३ हजार ६ सय ६९ जना रहेका छन् ।

जिल्लामा हालसम्म ३ हजार ७८० जनामा कोरोना पुष्टि भएका छन् । ती मध्ये मकवानपुरमा हालसम्म ३२ जनाको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलयका सूचना अधिकारी राम केसीका अनुसार मकवानपु्रमा ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितहरुमा ७७ जना होम आइसोलेसन र १ जना आइसोलेसनमा उपचाररत रहेको उनले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*