अश्लील भिडियो पोर्न साइटमा राख्ने हेटौंडाका अन्सारी पक्राउ

हेटौडा न्युज
९ पुष २०७७, बिहीबार १४:०२
;

मकवानपुर । अश्लिल भिडियो पोर्न साइटमा राख्ने हेटौंडाका एक जना पक्राउ परेका छन् । प्रहरीले हेटौंडा–४ पारिजात पथका ३६ वर्षीय अस्लम अन्सारीलाई अश्लिल भिडियो पोर्न साइटमा राखेको आरोपमा पक्राउ गरेको हो ।

हेटौंडा घर भई हाल बैङ्कक, थाईल्याण बस्ने पारिजात (नाम परिवर्तन) को अर्ध नग्न तस्वीर र भिडियो पोर्न साइटमा अपलोड गर्ने अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

इन्टरनेटको दुरुपयोग गरी सामाजिक सञ्जालमा विभिन्न गतिविधि गरेर यौन उत्पीडन कार्यमा संलग्न अन्सारीलाई प्रहरीको साइबर ब्यूरोबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सामाजिक सञ्जालमा फेक आइडी, इमेल बनाएर पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने, महिलाहरुलाई अश्लिल सन्देश र तस्बिर पठाएर यौन उत्पीडन र हैरानी गरेको आरोप लागेको छ । प्रहरी वरिष्ठ उपरीक्षण नविन्द अर्यालले जानकारी दिए ।

१ हजार ९८ डलर दिए मात्रै उक्त तस्बिर हटाउन मिल्ने भन्दै आलमले ब्ल्याकमेल गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अस्लम अन्सारीलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाइनेछ ।

त्यस्तै, प्रहरीले गोरखाको सुलिकोट–५ बारपाकघर भई हाल गोदावरी–११ चापागाउँ बस्ने २० वर्षीय रोकल बहादुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*