आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

हेटौडा न्युज
९ पुष २०७७, बिहीबार १४:२४
;

कैलाली । कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका–६ प्रतिभानगर, टाउनमा आफ्नै घरमा आगो ताप्ने क्रममा ३५ वर्षीया गीता थापाको मृत्यु भएको हो ।

आगोमा परी गम्भीर घाइते भएकी थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी ले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*