श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही हुने
काठमाडौं । मलेसिया सरकारले विदेशी श्रमिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने नियम लागू गर्ने भएको छ ।
आफ्नो कम्पनीमा कार्यरत श्रमिकको रोजगारदाताले नै कोरोना परीक्षण गर्नुपर्ने भनिए पनि नगरेको पाइएको भन्दै मलेसिया सरकारले आगामी जनवरी १ अर्थात पुस १७ गतेदेखि श्रमिकको कोरोना परीक्षण गर्नुपर्ने र नगरिदिने रोजगारदातालाई कारबाही गरिने बताएको हो ।
तर अहिले पनि धेरै रोजगारदाताले श्रमिकको कोरोना परीक्षण गर्न आनाकानी गरेको पाइएपछि अब जनवरी १ देखि भने श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही हुने भएको छ ।










