थप ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा २ सय ३३ महिला र ३ सय ८० जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ७ सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको २ लाख ४७ हजार ४ सय पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ३८४ छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ जना पुगेको छ ।