नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८ सय नाघ्यो

हेटौडा न्युज
९ पुष २०७७, बिहीबार १६:३०
;

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ८ सय ८ जना पुगेको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ३९ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*